
पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना पुष्टी, ६ को मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जना नयाँ संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा गरी १२ हजार ६५३ नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७९ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ ।
पछिल्लो अवस्थामा नेपालमा ७ हजार ५ सय ३५ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
