
प्रभु बैङ्कको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडाैं – नेपाल स्टक एक्सचेन्जले प्रभु बैङ्कको कारोबार रोक्का गरेको छ ।
बैङ्कले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैङ्कको धितोपत्र कारोबार रोक्का गरेको हो ।
बैङ्कले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली-२०७५ को विनियम १६(१)ख मा भएको व्यवस्थाअनुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ ।
बैङ्कको मङ्गलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।



कागजपत्र |
