

१६ वर्षीया बालिका बलात्कारको आरोपमा रूकुमबाट एक पत्रकार पक्राउ

रुकुम पूर्व – १६ वर्षीया बालिका बलात्कार आरोपमा रूकुम पूर्वका एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको एक टोलीले १६ वर्षीया बालिकालाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथ पक्राउ परेका हुन् ।
बलात्कृत किशोरीले नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जनाए ।
नाथले गत सोमबार ती किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोप छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

