सिन्धुपाल्चोकको पोखरेमा माइक्रोबस दुर्घटना, १९ जना घाइते, एकको अवस्था गम्भीर


सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा माइक्रोबस दुर्घटना हुँदा १९  घाइते भएका छन् ।

घाइतेलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर  रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

चौताराबाट काठमाडैँ जाँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना सकुशल रहेको छ । दुर्घटनाको बारेका अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया