प्राइम कमर्सियल बैंकले शेयरधनीलाई १६.६३ प्रतिशत बोनस लाभांश दिने


काठमाडौं – प्राइम कमर्सियल बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हिजो (सोमबार) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आ। व। २०७७/७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सयको १६ प्रतिशत अर्थात् २ अर्ब ५७ करोड ३२ लाख ८५ हजार ९ सय ४ बराबरको बोनस शेयर तथा ०।६३१३ प्रतिशत अर्थात् १० करोड १५ लाख ३२ हजार २ सय ११.९५ बराबरको नगद लाभांश ९कर प्रयोजनको लागि० वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया