
सरकारले थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। हिजो (सोमबार) सिंहदरवारमा बसेको मन्त्रिपरिषदले थप खोप खरिद गर्ने निर्णय गरेको हो।
मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतले जनाएको छ। यो खोप बालबालिकालाई पनि लगाउन मिल्ने भएकोले खरिद गर्न लागिएको हो।
नेपाल सरकारले सबै उमेर समुहका नागरिकको स्वास्थ्यलाई ध्याज.न पुर्याउदै करिब ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्न लागिएको हो। उक्त खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खरिद गर्न लागिएको छ।
सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाइसक्ने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्ध खोप लगाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताइरहेका छन्।



कागजपत्र |
