इजलास सुचारुको माग गर्दै प्रधानन्यायाधीश राणालाई ज्ञापनपत्र बुझाइँदै


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कानुनव्यवसायी हक हित संरक्षण तथा शुद्धिकरण अभियानले ज्ञापनपत्र बुझाउने भएको छ ।

पछिल्ला दिनमा केही न्यायाधीश एवं कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध विरोधका कार्यक्रम जारी राखिरहँदा न्याय पाउने जनताको अधिकार हनन् भएको कुरालाई ध्यानमा राख्दै अभियानले अदालतको इजलास तत्काल सुचारु गरी न्यायसेवालाई सुचारु राख्न माग गर्ने कार्यक्रम रहेको छ ।

सर्वोच्च अदालत परिसरमा आज (मंगलबार) दिउँसो २ः१५ बजे अभियानमा संलग्न र समर्थन राख्ने आम कानुनव्यवसायीलाई आह्वान गर्दै निहीतस्वार्थमा रुमल्लिएर आम जनताको न्यायाको आशाको केन्द्रको रुपमा रहेको न्याय प्रशासनलाई प्रभावित गर्नु अशोभनीय एवं कर्तव्यबिमुख भएकोमा त्यस कार्य तत्काल रोकी इजलास सञ्चालन गर्न माग समेत गरिएको छ ।

 

प्रतिक्रिया