एकै दिन १५ सयले बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारेबार ?


काठमाडौं – सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। आज छापावाला सुन प्रतितोला १५ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि तिहारअघि कात्तिक १८ गते छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया