सर्वदलीय बैठकअघि ओलीले बालुवाटारमा गरे मन्त्रिपरिषद बैठक


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बालुवाटारमा मन्त्रिपरिषदको बैठक गरेका छन्।

११ बजेका लागि सर्वदलीय बैठक बोलाएका उनले बिहान मन्त्रिपरिषदको बैठक गरेका हुन्। यो बैठकले हालै नेपाल प्रहरीका लागि थपिएको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदका लागि सिफारिस गरिएका डिआईजी विश्वराज पोखरेललाई बढुवाको निर्णयलगायत गरिने बताइएको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार यो नियमित बैठक हो।

प्रतिक्रिया