इन्धनको ट्यांकर विष्फोट हुँदा ९१ को मृत्यु (भिडियोसहित)


काठमाडाैं – सियरा लिअनमा इन्धनको ट्यांकर विष्फोट हुँदा ९१ जनाको मृत्यु भएको छ । घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् ।

राजधानीमा भएको बिष्फोटमा ९१ जनाको शरीर भेटिएको छ । ट्रकले ट्यांकरलाई ठक्कर दिंदा विष्फोट भएको थियो।
घटनालगत्तै इन्धन संकलन गर्न गएकाहरुको मृत्यु भएको थियो । इन्धन संकलन गर्न गएकाहरु बिष्फोटपछिको आगलागीमा परेका थिए ।

बिष्फोटनपछि नजिकका घर र पसलहरु जलेका थिए । सामाजिक सञ्जालमा त्यस्ता भिडियो र तस्बिरहरु राखिएका छन् । घटनामा एक सयभन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने हल्ला छ । एजेन्सी

 

प्रतिक्रिया