राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श नायक बीच भेटवार्ता


बेइजिङ – चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेताहरूसँग भेट गरेका छन् । उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा विजेताहरूसँगको सङ्क्षिप्त कुराकानी पछि सामूहिक तस्बीर लिइएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सदस्य वाङ हुनिङले बैठकमा भाग लिएर रोल मोडलसहितको गोष्ठीमा सम्भाषण गरेका थिए ।

वाङले नैतिक प्रगतिको प्रवर्द्धनका लागि सीको विचार(विमर्शलाई सम्पूर्ण प्रक्रिया र सबै पक्षहरूमा लागू गरिनुपर्ने कुरामा जोड दिँदै मोडेलहरूले खेलेको नैतिक भूमिका अनुकरणीय रहेको बताएका छन् । सम्भाषणका क्रममा वाङले युवाहरूको बौद्धिक र नैतिक स्तरलाई माथि उठाउनुपर्नेमा जोड दिएका छन् । उक्त अवसरमा कुल ६८ जना उम्मेदवारलाई राष्ट्रिय नैतिक आदर्शका रूपमा सम्मानित गरिएको र २५४ जनाले मनोनयन पुरस्कार प्राप्त गरेका थिए।

प्रतिक्रिया