नेप्सेमा ५ अंकले बृद्दि, कारोबार रकम ६ अर्ब ५५ कराेड रुपैयाँ


काठमाडाैं – शेयर बजार परिसूचक नेप्से आज (बुधवार) साढे ५ अंकले बढेको छ । काराेबारकाे सुरुदेखि बढेकाे नेप्से साढे दुई बजेसम्म २० अंकले घटेको थियो । तर अन्तमा पाँच दशमलव २२ अंकले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो ।

आज बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । आज दुई सय २९ कम्पनीका ९९ लाख ९५ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको एक अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज बीमा, लगानी, होटल र व्यापार समूहको शेयर भने घटेको छ । महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । छ्याङ्दी हाइड्रो कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया