राम उच्च माविका बिद्यार्थीलाई पूर्वबिद्यार्थीले दिए न्यानो कपडा


पनौती – श्रीराम उच्च माबि खोपासीका पूर्वबिद्यार्थीले हाल अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका छन्।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरिको संयोजकत्वमा १ सय ६५ जोर न्यानो कपडा व्यवस्था गरिएको हो।  अध्यक्ष गिरिसहित पुर्व बिद्यार्थीहरु अर्जुन तिमल्सिना, मोहन पूर्ण सत्याल, प्रधानाध्यापक उत्तम ताम्राकारलगायतको समन्वयमा कपडा बिद्यालयलाई उपलब्ध गराइएको थियो।

उक्त कपडा मंगलबार एक कार्यक्रमबीच प्रमुख अतिथि एवं प्रहरी नायव उपरिक्षक अर्जुन तिमल्सिना, नेपाल टेलिकम मोबाइल सेवाका व्यापार अधिकृत मोहन पूर्ण सत्याल, पनौती नपा-१२ का वडाध्यक्ष मोहन भण्डारीसहितले सबै बिद्यार्थीलाई कपडा वितरण गरिएको अध्यक्ष गिरीले बताए ।

अध्यक्ष गिरीका अनुसार उक्त कार्यक्रममा अव​कास प्राप्त​ शिक्ष​कह​रुको बिदाइ २०७७ एसईई उत्तिर्ण​ बिद्यार्थिह​रुको ब​धाई​ एवं शुभकामनासहित अक्ष​य​कोषको स्थापना गरि दाताबाट​ छात्रवृत्ति वितरणको शुभारम्भ गरिएको छ।

 

प्रतिक्रिया