जाजरकोटमा ट्रयाक्टर दुर्घटना, ३ को मृत्यु


जाजरकोट– नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री  र बलबहादुर खत्रीको ज्यान गएको हो ।

नलगाड–८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया