माछा मार्न हिँडेका उप्रेती मृत फेला, करेन्ट लागेर अर्का एककाे मृत्यु


झापा – झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एक जना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत अवस्थामा फेला परेका थिए । माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुन सक्ने स्थानीयवासीले आशंका गरेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

करेन्ट लागेर मृत्यु

सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ स्थित शिव शक्ति हार्डवेयरमा काम गर्ने हाल वतन नखुलेका करिब २५ वर्षीय बलराम चौधरीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

उक्त हार्डवेयरमा काम गर्नेक्रममा ड्रिल मेसिनबाट करेन्ट लागेर अशक्त भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया