मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु


काठमाडौं – रौतहटमा सवारी दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ। रौतहटको पूर्वीभेगस्थित गढीमाई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर प्रहरी जवानको मृत्यु भएको हो।

गएराति भएको मोटरसाइकल दुर्घटनामा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ वर्षीय रामनिवास यादवको मृत्यु भएको हो।

बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा मृतक प्रहरी जवान यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ।

प्रतिक्रिया