
प्रधानमन्त्री ओलीले भोलीका लागि डाके सर्वदलीय बैठक
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मंगलबार (भोली) सर्वदलीय बैठक डाकेका छन्।
कोरोना भाइरस (कोभिड–१९)को कहर, नेपाल–भारत–चीन सम्बन्ध, सरकारको कामका विषयमा राय बुझ्न र समिक्षा गर्नका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन्।
आइतबार मात्र परराष्ट्र मन्त्रालयले जारी गरेको वैदेशिक सम्बन्धको नीतिका विषयमा पनि सबै दलका प्रमुखसँग राय लिइने बताइएको छ।



कागजपत्र |
