संसदको उपसचिव पदमा सबै परीक्षार्थी ‘अनुतीर्ण’


काठमाडौं – लोकसेवा आयोगले संघीय संसदको उपसचिव पदमा लिएको परीक्षामा सबै उम्मेदवार अनुतीर्ण भएका छन् ।

आयोगले राजपत्रांकित द्धितीय श्रेणीको ३ पदका लागि २०७८ भदौ ८ र १८ गते परीक्षा लिएको थियो ।

३ जना उपसचिव माग गरेकामा २ जना मात्र परीक्षामा सहभागी भएका र उनीहरु लिखित परीक्षामा नै असफल भएका लोकसेवा आयोगले जनाएको छ ।

लिखित परीक्षामा नै असफल भएपछि अन्तर्वार्ताका लागि कोही पनि छनोट भएनन् र ती पद खाली नै रहन गएको छ ।

हेर्नुहोस् लोकसेवा आयोगको सूचना:

प्रतिक्रिया