Click to toggle navigation menu.

कर्पोरेट करसम्बन्धी विषयमा विश्व नेताहरूले गरे ऐतिहासिक सहमति


काठमाडाैं – विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूले ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो ।

रोममा भइरहेको विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले उक्त सम्झौतामा सहमति जनाएका हुन । सम्मेलनमा छलफल हुने विषयवस्तुमा जलवायु परिवर्तन र कोभिड पनि छन् । कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो ।

तर १९ वटा राष्ट्र र युरोपेली सङ्घ सदस्य रहेको जी-ट्वेन्टी समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी छैनन् । चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भिडियो लिङ्क मार्फत सहभागिता जनाएका छन् । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतवार स्वीकृत गरिने गरिने र सन् २०२३बाट लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी अर्थ मन्त्री जानेट यालेनले ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि ‘महत्त्वपूर्ण क्षण’ रहेको र यसले ‘कर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्ने’ बताइन् । ट्विटरमा लेख्दै उनले अमेरिकाका ठूला कम्पनीहरूले बढी कर तिर्नुपर्ने भए पनि अमेरिकी व्यवसाय र श्रमिकहरूलाई कर सम्बन्धी सम्झौताबाट लाभ हुने उल्लेख गरेकी छन् ।

स्कटल्यान्डको सहर ग्लास्गोमा सोमवार सुरु हुन लागेको विश्व जलवायु परिवर्तन सम्मेलन कोप २६ सम्मेलन अघि जी-ट्वेन्टी राष्ट्रहरूको सम्मेलन सुरु भएको हो । उक्त सम्मेलनमा हुने कुराहरूले जलवायु परिवर्तनको सामना गर्नका लागि आफ्ना प्रतिबद्धतामा राष्ट्रहरूबीच चरम भिन्नता रहेको अवस्थामा कोप २६का लागि आधारहरू तय गर्न सक्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया



थप समाचार

जापानको होक्काइडोमा शक्तिशाली भूकम्प

जापान – जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको  — विस्तृतमा

इरानले दबाबमा परेर वार्ता गर्ने छैन : इरानी राष्ट्रपति

काठमाडाैं- इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन्।  — विस्तृतमा

२३२ जना सवार स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

काठमाडौं – दिल्ली विमानस्थलबाट उडान भर्ने क्रममा स्विस एयरलाइन्सको विमानको इन्जिन बिग्रिएपछि दुर्घटना भएको छ । स्विस एयरलाइन्सको उडान  — विस्तृतमा

ट्रम्प सहभागी डिनरमै गोलीकाण्ड, सन्दिग्ध शिक्षक–गेम डेभलपर

वासिङ्टन डीसी-  अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा भएको गोलीकाण्डबारे नयाँ विवरण सार्वजनिक भएका छन्।  — विस्तृतमा

अन्तिम समयमा रोकियो इरानसँग वार्ताका लागि पाकिस्तान जाने अमेरिकी टोली

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा छलफल गर्न पाकिस्तान जाने तयारीमा रहेको अमेरिकी विशेष टोलीको  — विस्तृतमा

बच्चा जन्माउन नर्कजस्तो देशबाट अमेरिका आउने प्रवृत्ति बढ्यो: ट्रम्प

काठमाडौं-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशका गर्भवती महिलाहरू बच्चा जन्माउनकै लागि अमेरिका आउने गरेको दाबी गरेका छन्। सामाजिक  — विस्तृतमा

हर्मुज नखोल्ने इरानको अडान, अमेरिकी नाकाबन्दीबीच तनाव चर्किँदै

काठमाडौं-  अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहुञ्जेल विश्वकै संवेदनशील तेल मार्ग स्ट्रेट अफ हर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको  — विस्तृतमा

युद्धविराम घोषणापछि पनि इरानको आक्रमण, होर्मुजमा तीन जहाज निशानामा

काठमाडौं- इरानले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज क्षेत्रमा आक्रमण तीव्र बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको  — विस्तृतमा

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

काठमाडाैं- भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो  — विस्तृतमा

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं- उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले सो भूकम्पका  — विस्तृतमा

इरानी जहाज नियन्त्रणमा लिएपछि अमेरिकी सैन्य जहाजमा ड्रोन प्रहार

काठमाडौं-  अमेरिकाले चीनबाट फर्किँदै गरेको इरानी झण्डा बोकेको एक कार्गो जहाज नियन्त्रणमा लिएलगत्तै इरानले ओमान सागरमा अमेरिकी सैन्य जहाजहरूलाई  — विस्तृतमा

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

इरान –  इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist