राजेश हमालको स्वरमा ‘मन बूढो भएन’ गीत रेकर्ड, भिडियो तिहार अघि नै आउने


काठमाडौं – अभिनेता राजेश हमालको स्वरमा गीत रेकर्ड भएको छ । अभिनेता हमालले उनले ‘मन बूढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर दिएका हुन् ।

गीत दीपक शर्माले रचेका हुन् भने संगीत पनि उनैले भरेका हुन् । नरेन्द्र वियोगीको एरेन्जमा बनेको गीतमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ ।

गीतकार तथा संगीतकार दीपक शर्माका अनुसार उक्त गीत अनामनगरस्थित वेभ स्टुडियोमा दुई महिनाअघि रेकर्ड गरिएको हो । उक्त गीतको भिडिओ पनि बनाउने तयारी भइरहेको छ । जसमा अभिनेता राजेश हमाल आफैंले अभिनय गर्नेछन् । साथमा रेश्मा घिमिरेलगायत कलाकार रहने निर्माण पक्षले जनाएको छ । भिडिओ तिहार अगाडि नै तयार हुने बताइएको छ ।

प्रतिक्रिया