प्रदेश नं २ सरकारले मुस्कानको उपचारका लागि थप पाँच लाख सहयोग


वीरगञ्ज – प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि पाँच लाख सहयोग गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।

यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले रु दुई लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट रु एक लाख गरी जम्मा  तीन लाख सहयोग गरेको थियो । यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि रु पाँच लाख सहयोग गरेको थियो ।

 

प्रतिक्रिया