
११ जना अफगानिस्तानी ‘शरणार्थी’लाई प्रहरीले अध्यागमनमा बुझाइयो
काठमाडाैं – गैरकानुनी रुपमा नेपाल भित्रिएका ११ जना अफगानिस्तानी ‘शरणार्थी’लाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त प्रयासमा एकै परिवारका ५ सहित ११ अफगान नागरिक सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ परेका थिए । उनीहरु भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका थिए ।
सोमबार दिनभरको प्रहरी अनुसन्धानपछि उनीहरुलाई अध्यागमनको जिम्मा लगाइएको हो । अध्यागमन विभागले उनीहरुमाथि विदेशी नागरिक नियमन गर्ने सम्बन्धी प्रचलित कानुन अनुसार कारबाही हुने जनाएको छ ।
विभागले उनीहरुलाई जुन देशबाट आएका हुन्, जरिवाना असुलेर उतै फर्काउने वा अरु प्रचलित कानुनको बर्खिलाप गरेको आरोपमा कैदरजरिवाना गराएर थुनारकारागार पठाउने विकल्प छ ।
अध्यागमनको जिम्मा लगाइएका उनीहरु काठमाडौं आएर नेपालस्थित संयुक्त राष्ट्रिसंघीय उच्चआयोग (युएनएचसीआर)को कार्यालयको शरणमा पुगेका थिए ।



कागजपत्र |
