इटहरीमा वेश्यावृत्ति गराएको आरोपमा आमाछोरा प्रहरीको फन्दामा


काठमाडौं – प्रहरीले इटहरीमा वेश्यावृत्ति गराएको आरोपमा होटल सञ्चालक आमाछोरा र एकजना ग्राहकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी–१२ मा होटल सञ्चालन गर्दै आएकी सावित्रा लामिछाने र उनका छोरा किरण लामिछाने छन्।

यस्तै ग्राहक बनेर गएका इटहरी–११ का गुणराज पोखरेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटवालका अनुसार इटहरी–१२ स्थित एक होटलबाट वेश्यावृति गराएको आरोपमा तीनजनालाई पक्राउ गरिएको हो।

‘होटलको बाहिर बोर्ड राखेको छैन, तर पक्राउ परेकाहरुले बस्नेत होटल भनेका छन्,’ कटवालले भने, ‘तल खाजा खाने र माथि रुपमा लैजाने गरेको खुलेको छ। पीडितलाई होटलमै राखेर यौन व्यवसाय गर्दै आएका रहेछन्।’

उनीहरुलाई गत २४ असोजमा पक्राउ गरिएपनि ढिलो गरी प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीका अनुसार २२ वर्षीया युवतीलाई होटलमा राखेर यौन व्यवसाय गर्दै आएको खुलेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया