बाढी-पहिरोमा परी भारतको केरलामा ६ जनाको मृत्यु, २० भन्दा बढी बेपत्ता


केरला – अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी भारतको केरलामा ६ जनाको मृत्यु भएको छ। २० जनाभन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्।

शनिबारदेखि निरन्तर भएको वर्षाले त्यहाँको जनजीवन प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले पनि केरला क्षेत्रमा निरन्तर पानी परिरहेको छ।

केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन्।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आइतबार झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। अरब सागरमा विकसित प्रणालीका कारण केरला क्षेत्रमा पानी परेको हो।

 

प्रतिक्रिया