प्रधानमन्त्रीद्वारा प्रा.बद्रिनाथ श्रेष्ठको निधनप्रति दुःख व्यक्त


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक प्रा। बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठको निधनप्रति आफू अत्यन्तै मर्माहित भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

देउवाले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

 

प्रतिक्रिया