भारतविरूद्ध फाइनल खेल हेर्न माल्दिभ्सको राष्ट्रपति कार्यालयले नेपाली कामदारलाई दियो छुट्टी


काठमाडौं – साफ च्याम्पियनसिप खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ। नेपाल र भारतबीचको फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरू हुनेछ। आज दुवै टिम उपाधि जित्ने दाउमा छन् ।

नेपाली टिमलाई हौसला दिन माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टी दिएको छ। राष्ट्रपति कार्यालयले नेपाली कामदारलाई फुटबल हेर्न छुट्टी दिएको हो।

राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएको यो पहिलो घटना हो। मालेको राष्ट्रिय रंगशालाको दर्शक क्षमता ८ हजार रहेको छ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो। नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो। त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ।

प्रतिक्रिया