महाकाली नदी किनारमा भेटियो पुरुषको शव


काठमाडौं – महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। बैतडी दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित नदी किनारमा शनिबार बिहान ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव करिब ४० वर्षीय पुरुषको रहेको प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

प्रतिक्रिया