
टिकाको दोस्रो दिन आजः मान्यजनबाट टिका र आर्शिवाद थाप्ने क्रम जारी
काठमाडौं – नेपालीहरुको महान चाड दसैंको टिकाको दोस्रो दिन आज पनि टिका लगाउने क्रम जारी छ। हिजो टिका लगाउन नपाएकाहरुले आज पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ।
आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टिका थाप्न जानेहरुको घुइँचो रहेको छ। शुक्रबार बिहान १०ः०२ बजेको साइतमा टिका लगाएपनि टाढा रहेका आफन्तकहाँ टिका लगाउने जाने क्रम पूर्णिमासम्म रहन्छ।
टिकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ।



कागजपत्र |
