मोतीपुर घटना: अतिक्रमणको प्रयास गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय


काठमाडौं – मोतीपुर घटनालाई लिएर गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

रुपन्देहीको मोतीपुर ओद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जना सुकुम्बासी मारिएको भोलिपल्ट विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

आइतबार मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण गरी बसेका सुकुम्बासीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएका थिए ।

 

प्रतिक्रिया