पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना पुष्टि, १२ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ ।

यसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३ सय १४ जना सघन उपचार कक्ष तथा १११ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया