मोतीपुर घटना: युवासंघले माग्यो गृहमन्त्रीको राजीनामा


काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेको छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा बस्दैआएका सुकुम्बारीमाथि प्रहरी दमन भएको भन्दै युवा संघ नेपालले गृहमन्त्री खाँणको राजीनामा माग गरेको हो ।

संघले गृहमन्त्रीकै आदेशमा उक्त घटना गरिएको आरोप पनि लगाएको छ ।’हामी सरकारको तानाशाही र दमनकारी नीति र शैलीको घोर निन्दा र भर्त्सना गर्दछौँ । साथै प्रहरीलाई हिंस्रक शैलीमा प्रस्तुत हुन आदेश दिने गृहमन्त्रीको राजीनामा माग गर्दछौँ’ संघका अध्यक्ष किरण पौडेलले जारी गरेको वज्ञिप्तिमा भनिएको छ, ‘यस्तो निर्लज्ज दमनमा संग्लग्न सम्पूर्ण दोषीहरूमाथि कारबाहीको माग गर्दछौँ ।’

रुपन्देहीको मोतीपुरस्थित प्रस्ताविध औद्योगिक क्षेत्रमा सुकुम्बासीको नाममा अतसक्रमण भएको भन्दै आइतबार हटाउन गएका सुरक्षाकर्मीसँग झडप हुँदा प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको छ । युवा संघले स्थितिलाई शान्त बनाउने र सहकार्यमा आन्दोलनलाई ठाउँ हुँदाहुँदै सिधासिधा हत्या गर्ने उद्देश्यले दमन गरेको देखिएको जनाएको छ ।

 

प्रतिक्रिया