गृहमन्त्रालयका सहसचिव शाही नेतृत्वको अनुगमन टोली कर्णालीमा


कर्णाली – गृहमन्त्रालयका सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहाल नेतृत्वको अनुगमन टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको अनुगमनलाई जारी राखेको छ ।

यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले जानकारी दिए ।

मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको उनले बताए । गृहले चाडपर्वका समयमा नागरिकलाई सहज आवतजावत तथा किनमेल गर्ने र सुरक्षाको अनुभूति दिलाउने गरी देशैभरि अनुगमन गर्ने कार्ययोजना अनुरुप सहसचिव शाही र उपसचिव दाहाल कर्णाली कार्यक्षेत्र लिएर आएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘हामीले सुर्खेतमा बिहीबार गृहको टोलीसँगै सरोकारवालासँग बसेर चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाई सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायतका सेवालाई सुलभ तथा गुणस्तरीय बनाउन के-कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका छौँ’, ‘उनले भने, त्यहीअनुसार सरोकारवाला सबैले आ-दायित्वप पूरा गर्नुपर्ने देखिन्छ ।’

सरोकारवालाले चाडपर्वका अवधिमा दैनिक उपभोग्य वस्तुको अत्याधिक मूल्य वृृद्धिसँगै विभिन्न समस्या देखाउँदै यातायात व्यवसायीले यात्रुसँग मनोमानी भाडा असुल्ने र यातायात क्षेत्रमा अझै सिण्डिकेट हट्न नसकेको गुनासो गृहको टोलीलाई गराएका थिए । अनुगमन टोलीले सम्बन्धित निकायको धारणा लिने र कार्यान्वयनमा जोड दिन दशै जिल्लामा अनुगमन गर्ने बताएको थियो । प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न आफूहरु प्रत्यनशील रहेको टोलीले जनाएको छ ।

प्रतिक्रिया