सरकारले २९ सहसचिवको सरुवा गर्ने


काठमाडौं – सरकारले थप केही सहसचिवको सरुवा गर्ने भएको छ ।

केही दिनअघिको सरुवामा त्रुटि भएका र थप नयाँ गरी २९ जना सहसचिवहरूको सरुवा गर्न लागेको वालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

१०/१२ जना सहसचिवहरूको नमिलेको सरुवा सच्याइन लागेको र बाँकी १५/१७ जना जति नयाँ सरुवा हुन लागेको स्रोतले बतायो ।

गत भाद्र २९ गते सरकारले ८५ जना सहसचिवको सरुवा गरेको थियो । सूची मिलाउने क्रममा कतिपय दरबन्दी नै नभएको र कतिपय नमिलेको देखिएको थियो । सोही सच्याउने क्रममा थप सहसचिवहरूको पनि सरुवा गरिन लागेको हो । स्रोतका अनुसार गृह तथा अर्थ मन्त्रालयका केही सहसचिवहरूलाई बाहिर पठाउने र केहीलाई भित्र्याउन लागिएको छ ।

प्रतिक्रिया