
सेनाले गाडी–हेलिकोप्टरमा घर–घर पुराउँदैछ दशैं विदा मनाउने सैनिक र परिवारका सदस्य (विवरण)
काठमाडौं– नेपाली सेनाले दशैं विदामा घर जाने सैनिक र परिवारलाई घर घर पुराउन थालेको छ। दशैंमा सवारी चाप हुने भएकाले यो सहुलियत सुविधा जङ्गी अड्डाले गरेको हो।
अस्ति सोमबारदेखि एकादशीका दिनसम्म सेनाले उक्त सेवा दिने बताइएको छ।
नजिकका स्थानमा बसको सुविधा गरिएको छ भने हिमाली, पहाडी र लामो दूरीमा हेलिकोप्टरको व्यवस्था गरिएको छ।
हालसम्म सवारीसाधनबाट ५२० जना सैनिक र उनीहरुको परिवार घर पुगिसकेका छन्। हवाई उडानमार्फत ८६ जनालाई पुयाइएको छ।



कागजपत्र |
