सन् २०२३ का लागि अमेरिकी डीभी चिट्ठा खुल्दै, आउने बुधबारदेखि फर्म भर्न सकिने


काठमाडौं – आगामी वर्ष अर्थात् सन् २०२३ का लागि अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीको फर्म भर्ने समय खोलेको छ ।

विदेश मन्त्रालयका अनुसार न्युयोर्कको स्थानीय समयअनुसार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । नेपाली समय अनुशार आगामी बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिने पनि विदेश मन्त्रालयद्वारा सूचनामा जनाइएको छ ।

डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

यसपटक डिभी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् । तर मकाउ र ताइवानका भने योग्य हुनेछन् ।

डिभीका लागि योग्य नभएका देशका नागरिकको दम्पत्ति योग्य देशको भएको खण्डमा त्यस्ता व्यक्ति डिभीका लागि योग्य हुन सक्नेछन् । त्यस्तै बुबाआमामध्ये एक कुनै योग्य देशमा जन्मिएको भएमा पनि छोराछोरीहरुले उक्त देशको आधारमा डिभी भर्न सक्नेछन् ।

 

प्रतिक्रिया