को हुन् त क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह ?


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् ।

कालीकोटको महावैमा जन्मिएकी पञ्चा १४ वर्षको उमेरमै २०५८ सालमा भूमिगत भएकी थिइन्।

त्यसपछि सिंह ०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष भएकी थिइन् ।  ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी सिंह  १७औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।

सिंहले ०६५ मा भेरी–कर्णालीको संयोजकको जिम्मेवारी पाएकी थिइन् । त्यसपछिका दिनहरुमा केन्द्रीय सचिव निर्वाचित हुँदै हुँदै नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्मेवारीमा थिइन् ।

पञ्चाको वीरेन्द्रनगर बहुमुखी क्याम्पसका पूर्व स्वबियु सभापति एवं माओवादी नेता  केशव शाहीसँग विवाह करिब ११ वर्षअघि विवाह भएको हो ।

अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

प्रतिक्रिया