गर्भपतनको अधिकार माग गर्दै अमेरिकामा हजारौँ महिलाको प्रदर्शन
काठमाडौं – अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दसौँ हजार महिलाले प्रदर्शन गरेका छन् ।
हिजो (शनिबार) अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङ्टन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो ।
टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्सासको कानुनअनुसार ६ हप्तापछि गर्भपतन गर्न पाइँदैन ।
गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । वासिङ्टन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा घन्काइरहेका थिए ।
केही प्रदर्शनकारीहरुको टिसर्टमा १९७३ लेखिएको थियो । सन् १९७३ मा रोय डी वाडेले महिलाहरुले वैध रुपमा गर्भपतन गर्न पाउने निर्णय गरेका थिए ।
‘तपाई कहाँ बस्नुहुन्छ भन्ने अर्थ रहेन । तपाई कहाँ हुनुहुन्छ भन्ने अर्थ रहेन । यो क्षण अँध्यारो छ,’ वासिङ्टन डिसीमा आयोजित र्यालीलाई सम्बोधन गर्दै प्लान्ड प्यारेन्टहुडका अध्यक्ष एलेक्सिज म्याक्गिल जोन्सनले भनिन् । एजेन्सी