माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, बैठकले मन्त्रीको टुंगो लगाउने


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । अहिले दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नामबारे छलफल गर्ने जनाइएको छ ।

त्यस्तै बैठकबाट अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।

प्रतिक्रिया