इजरायलका विदेशमन्त्री बहराइनको ऐतिहासिक भ्रमणमा


मनामा – इजरायलका विदेशमन्त्री याइर लापिडले बिहीबार बहराइनको ऐतिहासिक भ्रमण शुरु गरेका छन् । बहराइनमा इजरायली दूतावास खोल्ने एजेन्डासहित उनी त्यहाँ पुगेको समाचारमा उल्लेख छ ।

गल्फ एयरको विमान दुई देशहरु बीचको पहिलो व्यावसायिक उडान उड्ने क्रममा रहेको अवस्थामा इजरायली विदेशमन्त्री लापिड बहराइनको विमानस्थलमा उत्रिएका छन् ।

संयुक्त अरब इमिरेट्स, मोरोक्को र सुडानले गत वर्ष अब्राहम समझौताको रूपमा चिनिने सम्झौताअन्तर्गत सम्बन्ध स्थापित गरेपछि क्षेत्रीय सम्बन्धमा सुधारको लािग बहराइनमा पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमण इजरायलले शुरु गरेको छ ।

गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायल बीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ ।

तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेश मन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो ।

प्रतिक्रिया