चाडबाड मनाउँदा स्वास्थ्य मापदण्ड अपनाउन काठमाडौं प्रशासनको निर्देशन (विज्ञप्तिसहित)


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले नजिकिँदै गरेको चाडपर्व सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति निकाल्दै उपत्यकालगायत देशभर कोरोना भाइरसको संक्रमण अझै जारी रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र चाडपर्व मनाउन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँका सीडीओ रिजालले एक विज्ञप्ति जारी गर्दै चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक यातायात, संघ–संस्था, उद्योगधन्दा—कलकारखाना र बैठक सेमिनारहरुलाई न्युनतम उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्न निर्देशन दिइएको छ।

विज्ञप्तिः

प्रतिक्रिया