सर्वदलीय बैठकः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने


काठमाडौं– प्रतिनिधि सभाको अवरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्।

विहीबार प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठ एमालेले बहिस्कार गरेको थियो। एमालेलाई सहमतिमा ल्याउनका लागि आफूले ओलीसँग संवाद गर्ने बैठकका क्रममा देउवाले बताएका थिए।

एमालेले प्रतिनिधि सभामा निरन्तर अवरोध जारी राखेपछि बैठक प्रभावित हुँदै आएको छ। उक्त समस्या समाधानका लागि प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक डाकेका थिए जहाँ एमाले अनुपस्थित भयो।

प्रतिक्रिया