७३ यात्रुलाई सुरक्षित अवतरण गराएका क्याप्टेन शेर्पालाई उडान भर्न रोक


काठमाडौं – नागरिक उड्‍डयन प्राधिकरणले ७३ जना यात्रुहरुको ज्यान जोगाएका बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्नमा रोक लगाएको छ।

सोमबार भएको घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्ध एयरले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले घटनापश्चात उडान भर्नमा रोक लगाउनु एक सामान्य प्रक्रिया भन्दै छानविन प्रतिवेदन नआउन्जेलसम्मका रोक लगाइएको बताएको छ।

गत सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमानमा ल्याण्डिङ गियरको ‘प्राइमरी इन्डिकेटर’मा समस्या देखिएपछि काठमाडौंमा २ घण्टापछि सुरक्षित नर्मल अवतरण गरिएको थियो।

प्राविधिक कारण निकै समयपछि विमान अवतण गरेपछि पाइलट शेर्पालाई यात्रुहरु, विमानस्थल समिति र एयरलायन्सलगायत सबैले धन्यवाद दिँदै शेर्पाको धैर्यता र कुशलताको सबैले प्रशंसा गरेका थिए।

प्रतिक्रिया