च्याम्पियन्स लिगमा जर्मन क्लब वार्यनको शानदार जित


काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले शानदार जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले डिनामो किभलाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा सर्ज जिनाब्री,लोरी साने एरिक म्याक्सिम मोटिङले एक/एक गोल गरे । जितसँगै समूह ई मा बायर्न २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । किभको २ खेलमा १ अंक छ ।

प्रतिक्रिया