साइबेरियामा माछा मारेर कटाए पुटिनले सेल्फ–आइसोलेसन अवधि


काठमाडौं – रुसका राष्ट्रपति भलाद्मीर पुटिन यसअघि कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि सेल्फ–आइसोलेसनमा बसिरहेका थिए । आफ्नो त्यो खालप् समय उनले साइबेरियामा हाइकिङ गरेर अनि माछा मारेर बिताएको रुसी प्रशासन क्रेम्लिनले जनाएको छ ।

यसकै कारण उनले ताजकिस्तानको भ्रमण पनि रद्द गराउनु परेको थियो । यसरी आफूले बिदा मनाएका अतरङ्गी तस्बिर सार्वजानिक गर्नमा प्रख्यात पुटिन, यसपटक भने सामान्य देखिएका छन् ।

यसअघि उनले माथिपट्टी कुनै कपडा नलगाइ घोडासँग सनग्लास लगाएर उभिएको, शिकार खेल्न राइफल बोकेको, लडाकू विमान चलाएको जस्ता तस्बिरहरु मार्फत रुसी जनतामाझ ‘माचो म्यान’ को छवि बनाएका थिए ।

क्रेम्लिनले नदिको छेउमा बसेर माछा मारिरहेको, जङ्गलको बाटो हिँडिरहेको लगायत २० तस्बिरहरु राखेको छ । ६८ वर्षीय पुटिनले रुसमा निर्मित स्पट्निक भी खोपको दुई वटै डोज लगाइसकेका छन् र उनी स्वस्थ अवस्थामा रहेको क्रेम्लिनले जानकारी दिएको हो । एजेन्सी

प्रतिक्रिया