शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय 


काठमाडौं – मन्त्रिपरिषद् बैठकले विभिन्न तीन विधेयक संसद्मा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको बैठकमा शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

त्यस्तै, समाजकल्याण परिषद्का उपाध्यक्ष लगायतका पदाधिकारी र सदस्यले दिएको राजीनामा स्वीकृति गर्ने र विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोर्खापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले बताए ।

प्रतिक्रिया