मन्त्रिपरिषद बैठक अघि शितलनिवास पुगे प्रधानमन्त्री ओली


काठमाडौं– बिहीबार मन्त्रिपरिषदको बैठक डाकेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

राष्ट्रपति भण्डारीसँगको प्रधानमन्त्री ओलीको यो भेटलाई नियमित भनिए पनि अर्थपूर्ण रुपमा हेरिएको छ। २० मंसिरका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक डाकिएको छ।

नेकपामा अल्पमतमा परेका ओलीले संकट परेका बेला शितलनिवासको भेटवार्तालाई जोड दिने गरेका छन्। शितलनिवासमा सल्लाह गरेपछि मन्त्रिपरिषद बैठकबाट अध्यादेशलगायतका विषयको निर्णय गराउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया