

अन्ततः पौडेलले नै गरे बुल्दीखोला पुलको उद्घाटन

तनहुँ — नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् ।
पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न गएका थिए ।
बुधबार सोही पुल उद्घाटनका लागि गएका पौडेललाई प्रहरीले पक्राउ गरी ३ घन्टा पछि छाडेको थियो ।

