कांग्रेस महाधिवेशनः काभ्रेका निर्वाचन अधिकृत सम्पर्कविहीन, १३ स्थानीय तहको अधिवेशन अन्यौलमा


काठमाडौं– नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहको अधिवेशन अन्यौलमा परेको छ। शनिबारका लागि तय भएको अधिवेशन गराउने निर्वाचन अधिकृत राजेन्द्र लामिछाने शुक्रबार रातीसम्म पनि सम्पर्कमा नभएपछि प्रभावित हुने भएको हो।

अधिवेशनका लागि १३ वटै स्थानीय तहका प्रतिनिधि र मतदाता तयार रहेका थिए। निर्वाचन अधिकृत नै सम्पर्कमा नभएपछि प्रतिनिधि र मतदाताको अन्तिम नामावली पनि प्रकाशित भएको छैन।

अधिवेशनलाई मनपरी ढंगले आफूअनुकुल गराउनका निम्ति यस प्रकारको रणनीति रचिएको हुनसक्ने प्रतिनिधिहरूले आशंका गरेका छन्।

यता शिव हुमागाँई पक्षले भने अधिवेशन जसरी पनि हुने भनी प्रचार जारी राखेका छन्। एक जना प्रतिनिधि भन्छन्,‘अहिलेसम्म अन्तिम नामावली सार्वजनिक भएको छैन कसरी निर्वाचन हुन्छ? जानाजान प्रभावित बनाई एकपक्षीय बनाउने कोशिश भइरहेको छ।’

 

प्रतिक्रिया