बैतडीमा एक व्यापारी मृत फेला, हत्या भएको आशंका


बैैतडी – बैतडीमा एक व्यापारी मृत अवस्थामा फेला परेका छन् ।

सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।

महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको हुन सक्ने आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ ।

स्थानीयवासीले निश्पक्ष रुपमा घटनाको छानबिन गर्न माग गरेका छन् ।

प्रतिक्रिया