अमेरिकाले विकासशील देशहरुलाई थप ५० करोड डोज फाइजर खोप दिने


काठमाडौँ – अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष २०२२ भित्र उक्त खोपको मात्रा प्रदान गर्ने घोषणा गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा कोभिड–१९ सम्बन्धी साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै उनले खोपको पहुँच विस्तारका लागि सहयोग दिने घोषणा गरेका हुन् ।

अमेरिकाले यसअघि गरिब देशहरुलाई १६ करोड डोज खोप दिई सकेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले यो वर्षको अन्त्यसम्ममा विश्वका सबै देशमा कम्तीमा ४० प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा हुने सम्भावना क्षीण देखिएको छ ।

गरिब देशहरुमा अहिलेसम्म दुई प्रतिशत जनसङ्ख्यालाई मात्रै खोपको पहिलो डोज लगाइएको छ । खोपमा सबैको पहुँच समतामूलक होस् भन्ने उद्देश्यसहित डब्लुएचओको अगुवाइमा स्थापना भएको कोभ्याक्स अभियानअन्तर्गत अनुदान वा सहयोगमा आउने खोपको वितरण हुने गर्दछ । एजेन्सी

प्रतिक्रिया